विजयादशमी र थामी समुदायको ऐतिहासिक पीडा: पहिचान र अधिकारको प्रश्न ।।।
2026-10-21नेपाल थामी समाजको २७औँ वार्षिक साधारण सभामा राष्ट्रिय थाङ्मी गीत, राष्ट्रिय थाङ्मी विद्यार्थी पिटी गीत र थाङ्मी राष्ट्रिय मन्ते भजन विमोचन हुने ।।।
2026-10-20
Thursday, October 22, 2026
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा भएको हो।
थाङमिचागु डटकम संवाददाता

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस दुर्घटनामा परेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले दिएका छन्।
घटनापछि घाइतेहरूलाई अत्तरिया र महेन्द्रनगरको महाकाली अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
यस घटनाले सडक सुरक्षा र यात्रु सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता फेरि एकपटक उजागर गरेको छ।





