आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
Monday, July 13, 2026
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते
कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा भएको हो।
थाङमिचागु डटकम संवाददाता

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस दुर्घटनामा परेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले दिएका छन्।
घटनापछि घाइतेहरूलाई अत्तरिया र महेन्द्रनगरको महाकाली अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
यस घटनाले सडक सुरक्षा र यात्रु सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता फेरि एकपटक उजागर गरेको छ।





