नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धनगढीमाई मावि स्तरीय कविता प्रतियोगितामा सरस्वती मोडेल सेकेन्डरी स्कूल (कसहा) प्रथम ।।।
धनगढीमाई मावि स्तरीय कविता प्रतियोगितामा सरस्वती मोडेल सेकेन्डरी स्कूल (कसहा) प्रथम ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, कार्तिक १५ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा धनगढीमाई नगरपालिकामा आयोजित नगरस्तरीय कविता प्रतियोगितामा सरस्वती मोडेल सेकेन्डरी स्कूल, कसहाले प्रथम स्थान हासिल गरेको छ ।
धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभाहलमा आयोजित यस कार्यक्रममा मावि स्तरका विद्यार्थीहरूले आफ्ना सिर्जनशीलता प्रस्तुत गर्दै विभिन्न कविताहरू सुनाएका थिए । यो प्रतियोगिता नागरिक संवाद समिति, धनगढीमाईको आयोजनामा सम्पन्न भएको हो, जहाँ समग्र जन उत्थान केन्द्र लाहानलगायत करिब आधा दर्जन संघ-संस्थाहरूको सहयोग रहेको थियो ।
धनगढीमाई–८ स्थित सरस्वती सेकेन्डरी स्कुलका विद्यार्थी पिंकी कुमारी महतोले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यसैगरी, सान्त्वना पुरस्कार समेत सोही विद्यालयका विद्यार्थी निरज कुमार महतोले जितेका छन् ।
विगत लामो समयदेखि धनगढीमाई नगरपालिकाको शैक्षिक वृत्तमा ग्रामीण क्षेत्रका अभिभावकहरूको रोजाइको विद्यालयको रूपमा परिचित यस विद्यालयले अति मनोरम वातावरणमा पठन-पाठन गराइरहेको छ । विद्यालयले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्दै समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्दै आएको स्थानीय समाजसेवीहरू बताउँछन् ।
विद्यालयका प्रिन्सिपल विष्णु न्यौपानेको अशल प्रशासनिक व्यवस्थापनका कारण विद्यालयले प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गरिरहेको आम बुझाइ रहेको पाइन्छ ।





