मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
सुनवलमा “श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१”: धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनाको लक्ष्य ।।।
सुनवलमा “श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१”: धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनाको लक्ष्य ।।।
थाङमिचागु डटकम संवाददाता

मीना केसी कार्तिक १५ सुनवल, नवलपरासी । मंसिर ३ गतेदेखि ११ गतेसम्म आयोजना हुने “श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१” को तयारीका लागि भूमि पूजन तथा सचिवालय उद्घाटन सम्पन्न भएको छ । यस महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक पण्डित श्री बासुदेब घिमिरेद्वारा श्रीमद्भागवत कथा वाचन हुनेछ। महायज्ञको आयोजनाको मुख्य उद्देश्य सुनवलमा धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापना गर्नु रहेको छ।
१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास गर्न आयोजित महायज्ञको संयोजन मुल समितिका संयोजक सीता तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विमला अर्यालले प्रमुख अतिथि तथा नगर उपप्रमुख सूर्यप्रसाद दुबेले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभयो। निबर्तमान नगरप्रमुख भिमबहादुर थापा, अतिथिहरु मोहन कार्की, भविश्वर तिवारी, केशब भण्डारी, मुक्तिबहादुर भण्डारी, थानप्रसाद गैरे, जीवन पौडेल, पदम काफ्ले, उत्सब पौडेल लगायतले महायज्ञको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
महायज्ञ संयोजक सीता तिमिल्सिनाले महायज्ञको महत्व र उद्देश्यबारे विस्तृत जानकारी दिनु भएको थियो भने स्वागत मन्तव्यले कार्यक्रमको प्रारम्भ भयो। महायज्ञ मुल समितिका सचिव ओमकान्त तिमिल्सिनाले कार्यक्रमको सञ्चालन गर्दै उपस्थित सम्पूर्णलाई महायज्ञमा सहभागी हुन आमन्त्रित गर्नुभयो।
महायज्ञको आयोजना सुनवल क्षेत्रमा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने र धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले गरिएको हो। साथै, महायज्ञको माध्यमबाट अक्षयकोष स्थापना गरी धार्मिक तथा सामुदायिक योजनाहरूलाई दीर्घकालीन रूपमा समर्थन गरिनेछ।





