धनगढीमाईमा मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न ।।।

0Shares

धनगढीमाईमा मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न ।।।

थाङमिचागु डटकम

विनोद मण्डल, कार्तिक १५ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा धनगढीमाई नगरपालिकामा कविता प्रतियोगिताको आयोजना गरी मनाईएको छ ।

समाजसेवी गंगा राम यादवको अध्यक्षतामा आयोजित कविता प्रतियोगितामा प्रमुख अथिति मेयर शिवशंकर महतो, विशिष्ट अथिति पूर्व मेयर हरिनारायण चौधरी, अतिथिहरु, उत्तम भट्राई,रामविलास यादव , जयराम कार्की, जितेन्द्र चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरु, शिक्षकहरु , समग्र जन उत्थान लहानका राम भरोसी महतो , पत्रकार सम्भु चौधरी , नगरका शिक्षाप्रेमी लगाएतको सहभागितामा आयोजित कार्यक्रममा बौद्धिक व्यक्तित्व दुर्गा खड्काले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा मावि स्तरका विद्यार्थीहरुले आफूले रचना गरेका कविता प्रस्तुत गरेका थिए ।

नागरिक संवाद समिति धनगढीमाईद्वारा आयोजित कार्यक्रममा समग्र जन उत्थान केन्द्र लाहान लगायत करिब आधा दर्जन संघ संस्थाको सहयोग रहेको छ ।

कार्यक्रमको अवधिमा संक्षिप्त कुराकानी गर्दै मेयर महतोले “नेपाली साहित्य सिर्जनाका सर्जक महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको र दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित रहेको भन्नु हुँदै नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक भएको बताउनु भएको छ ।

पूर्व मेयर हरिनारायण चौधरीले ” साहित्य सिर्जनाले विद्यार्थीको प्रतिभा उजागर गर्नमा सहयोग पुग्ने बताउनु हुँदै यसका लागि निकायको सक्रियता आवस्यक रहेको बताउनु भयो ।

संक्षिप्त कुराकानीको सन्दर्भमा शिक्षक उत्तम भट्राईले ” नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम झलकिनुका साथै उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन समेत रहेको बताउनु भएको छ ।

यता शिक्षक जय राम कार्कीले ” विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको ” बताउनु भएको छ ।

कार्यक्रम स्थलमा कुराकानी गर्दै बौद्धिक व्यक्तित्व दुर्गा खड्काले ” वि .सं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुका साथै अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको थियो जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम बताउनु भएको छ ।

हामीसँग संक्षिप्त कुराकानीको क्रममा पत्रकार सम्भु प्रसाद चौधरीले ” वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ । २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीको उहाँको घरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा मावि स्तरका विद्यार्थीहरुले आफूले रचना गरेका कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्तीर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै स्वागत गरेका छन् ।

आयोजित प्रतियोगितामा पिंकी महतो – प्रथम , अमृता बिक दोश्रो , फर्जना खातुन तेश्रो , सान्त्वना पुस्कार क्रमश, शारदा यादव , निरज कुमार महतो, अन्जु चौधरी , नीतीश कुमार महतो, अंकित कुमार महतो, प्रतीक्षा महतो,काजल यादव र मातृका सिंहले प्राप्त गरेका छन ।

नागरिक संवाद समिति धनगढीमाईद्वारा आयोजित कार्यक्रममा समग्र जन उत्थान केन्द्र लाहान लगायत करिब आधा दर्जन संघ संस्थाको सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *