नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित
बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित
थाङमिचागु डटकम संवाददाता

साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। दशरथ रंगशालामा सम्पन्न यस रोमाञ्चक खेलमा बंगलादेशले ८०औं मिनेटमा निर्णायक गोल गर्दै खेलमा २–१ को अग्रता लियो।
यसअघि, ५२औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै अग्रता बनाएको थियो, जसलाई तीन मिनेटपछि नेपालकी अमिशा कार्कीले बराबरीमा ल्याइन्।
योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। सन् २०२२ को फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको बंगलादेशले यो उपलब्धिलाई पुनः दोहोर्याएको हो। यसैगरी, नेपाल छैटौं पटक साफको फाइनलमा पराजित हुन पुगेको छ।





