मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
तिहारमा राती दस बजे पछि देउसी भैलाे खेल्न नपाइने ।
थाङ्मीचागु डटकम, संवाद दाता २०८१ कार्तिक १४
नेपालहरुकाे महान चाड तिहार(बलिहाङ पर्व) मा दोलखामा रात्रीकालिन समयमा देउसीभैलो खेल्न निशेध गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना सार्वजनिक गर्दै राति १० बजे देउसी भैलो खेल्न नपाउने गरि प्रतिबन्ध लगाएकाे छ ।
तिहारकाे दिपावलीकाे क्रममा , पटका , गाेले बम , भुईचम्पा आतिसवाजी प्रज्वलशील विस्फाेटक ओसापसार, विक्री वितरण र प्रयोग गरि पडकाउने काम गर्न नगराउन र चाड मनाउने नाममा मादक पदार्थको सेवन गरी समाजमा शान्ति सुरक्षा र सार्वजनिक स्थलमा हाेहल्ला लगायतका असमान्य गतिविधि गर्न गराउने कार्य नगर्न सचेत गराईएकाे छ । साथै मनाेरञ्जनकाे नाममा जुवातास, कौडा, गोटी तथा लङगुरबुर्जा जस्ता खेलशरु नखेल्न पनि जिल्ला प्रशासनले सूचना मार्फत सर्वसाधारण सबैलाई जानकारी गराईएकाे छ ।
यदि कसैले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको वेवास्त गरी प्रतिबन्धित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा कार्बाही गरिने सूचना प्रेशित गरिएकाे छ ।






