मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मनोज राम बचाऊ अभियानको प्रशासनिक ब्यबस्थापनमा प्रदीप दाहाल ।
मनोज राम बचाऊ अभियानको प्रशासनिक ब्यबस्थापनमा प्रदीप दाहाल ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,कार्तिक १३ । सिराहा जिल्लाको धनगढीमाई १३ का मुटु रोगले पीडित मनोज रामको उपचार सफल भएको छ ।
स्थानिय पत्रकार विनोद मण्डलद्वारा सहयोग आह्वान थालिएको ” मनोज राम बचाऊ अभियान ” को लागि सहयोगको बातावरण सिर्जना भएपछि उनको सहयोगमा धनगढीमाई युवा सञ्जालले सहयोग रकम लिएर उनको निवास पुगेका थिए ।

स्थानिय समाजसेवी युवा सुरेश यादव सहितको निरन्तरको प्रयासले विभिन्न ठाउँबाट प्राप्त रकम उनलाई प्राप्त भएपछि थप उपचारको लागि काठमाण्डौको बातावरण सिर्जना भएपछि उनको उपचारको लागि प्रशासनिक बातावरण मिलाउनका लागि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रदीप दाहाल काठमाण्डौमा निरन्तर खटिएका थिए ।
मनोज कुमार राम मुटु रोगले पीडित भई उनको मुटुमा रहेको प्वालको उपचारको लागि सहिद गंगा लाल राष्ट्रिय हृदय केन्द्र बासबारी काठमाडौंमा पुगेर विद्यार्थी नेता प्रदीप दाहालले उपचारमा विशेष छुटको बातावरण मिलाएका थिए ।
विपन्न परिवारका रामको उपचारमा दाहालले केन्द्रिय स्तरबाट प्रशासनिक पहल थालेपछि उनको उपचारमा तत्काल सहजता प्रदान गरिएको थियो । आज सफल उपचार सम्पन्न भएपछि रामको घर परिवारमा खुशीयाली छाएको छ ।
सामान्य स्वास्थ्य अवस्थामा रहेका राम अबको तीन दिनपछि अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।





