मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
लहान मेरी चिल्ड्रेन हाई स्कूलद्वारा भव्य रुपमा दीपावली विशेष कार्यक्रम सम्पन्न ।।।
लहान मेरी चिल्ड्रेन हाई स्कूलद्वारा भव्य रुपमा दीपावली विशेष कार्यक्रम सम्पन्न ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल सिरहा, कार्तिक १३ गते – सिरहाको लहान नगरपालिकामा अवस्थित र उत्कृष्ट विद्यालयमध्ये एक, लहान मेरी चिल्ड्रेन सेकेन्डरी स्कूल (एल.एम.सी.) ले नेपालीहरुको महान चाड दीपावलीको अवसरमा विद्यार्थीहरुको चौतर्फी समृद्धिका लागि २२ विधा समावेश भएको भव्य कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कार्तिक ५ गतेदेखि सुरु भई निरन्तर सञ्चालन भएको यो साप्ताहिक कार्यक्रमको समापन आज सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमाल ठकुरीले गरेका थिए भने समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गरेका सहभागीहरुलाई संस्थापिका उर्मिला हमाल र अध्यक्ष हमालले प्रमाणपत्र, मेडल, र ट्रफीले सम्मानित गरेका छन्।
विद्यार्थीहरुलाई समर्पित यस कार्यक्रममा विद्यालयका ६ वटा क्लबले सक्रिय भूमिका निर्वाह गर्दै ४०० भन्दा बढी छात्र-छात्राका लागि ४ हाउसबाट क्रीकेट, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, ई-स्पोर्ट्स (फ्री फायर), एथलेटिक्स, गायन, नृत्य, हस्तकला लगायतका विभिन्न मनोरञ्जनात्मक खेलहरूको आयोजना गराएका थिए ।
समापनमा सीईओ आयुष हमाल ठकुरीले सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई बधाई तथा दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।









