नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले
जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले
थाङमिचागु डटकम संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको घटनालाई प्रतिशोधको रूपमा लिएको बताए।
बालुवाटारमा जारी विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वाग्लेले रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कानुनी कारण नभएको दाबी गरे।
उनले आरोप लगाए कि लामिछानेलाई जस्तै आरोप लागेका कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेललाई भने सरकारले उन्मुक्ति दिएको छ।
वाग्लेले जीबी राईका सल्लाहकार अहिले राष्ट्रपतिका सल्लाहकार रहेको उल्लेख गर्दै यस्ता दोहोरो मापदण्डले असमानता र अन्याय बढाउने तर्क गरे। उनले सत्ताको आडमा केही व्यक्तिहरूलाई उन्मुक्ति दिन खोजिए अस्वीकार्य हुने चेतावनी दिए।





