मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
स्थानीय जनताकाे सक्रियतामा गुम्बा निर्माण कार्यकाे थालनी
थाङ्मीचागु डटकम समाचार दाता, २०८१ असाेज १२ गते

दाेलखा जिल्ला विगु गाउँपालिका वडा नं – ७, छाेईथाङ , गग्लतेमा गाउँकाे नामबाट नै ” छाेथाङ छाेलिङ गुम्बा” निर्माणकाे कार्य थालनी गरिएकाे छ । शेर्पा र तामाङ जातिकाे घना वस्ती रहेकाे उक्त गाउँमा बाैद्ध धर्म अनुसार पूजापाठ तथा विभिन्न धार्मिक कार्यहरु गर्न गुम्बा नभए पछि गाउँलेहरु गुम्बा निर्माण गर्न जुटेका हुन् । वि सं २०७९ सालमा गाउँका समाजसेवी तथा स्थानीय अग्रज बुद्धिजीवी श्री लाक्पा रेञ्जेन शेर्पाकाे अध्यक्षतामा गुम्बा निर्माण समिति गठन गरि संस्था दर्ता लगायत निर्माणकाे कार्य थालनी गरिएकाे कुरा आर्थिक संयाेजक तथा समाजसेवी कर्मा वाङ्जु शेर्पाले बताउनु भयाे ।

उहाँले बताउनु भए अनुसार गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाक्पा रेञ्जेन शेर्पा लगायत आर्थिक व्यवस्थापन समितिकाे सक्रियतामा हाल अमेरिका बसाेबास गर्ने विगुबासीबाट करिब ३२ लाख र काठमाडाैं बसाेबास गर्नुहुने बिगुका शेर्पा समुदायबाट करिब २२ लाख चन्द सङकलन गरिएकाे जानकारी दिनु भयाे । विगु गाउँपालिकाबाट हाल सम्म रु १५ लाख बजेट गुम्बा निर्माण शीर्षकमा विनियाेजित भई काम समेत गरिएकाे जानकारी दिनु भयाे । चन्द सङकलन र सरकारी बजेट सहित करिब ६७ लाख रकमबाट गुम्बाकाे बाहिरी संरचनामात्र निर्माण भएकाे देखिन्छ । भित्री संरचना बनाउन अझै अनुमानित ८० लाख भन्दा बढी रकम आवश्यक पर्ने कुरा श्री कर्मा वाङ्जु शेर्पा बताउनु हुन्छ ।

भित्री संरचना अन्तर्गत , भित्ते थाङका लेखन , तिब्बतियन शैलीका विभिन्न चित्रहरु लगायत बुद्ध प्रतिमा निर्माण गर्न धेरै रकम आवश्यक पर्ने र उक्त रकम सङ्कलन गर्न भरपर्दाे श्राेत भनेकाे चन्द दान मात्र रहेकाे कुरा आर्थिक संयाेजकले हामीलाई जानकारी दिनु भयाे । सरकारी अनुदानकाे बजेट छुट्याउन जनप्रतिनीधिहरुले प्रयास गरियता पनि विविध कारणले बजेट नछुट्टिएकाे गुनासाे समेत व्यक्त गर्नु भयाे ।

धर्म र संस्कृति जाेगाउन समाजका सबै लागि परेमात्र सम्भव हुने र गुम्बा निर्माण गर्न स्थानीय बुद्धजीवी, समाजसेवी , राजनीतिकर्मी, जनप्रतिनिधि लगायत सबैले चासाे र सहयाेग गरेकाे खण्डमा अबकाे एक वर्ष भित्र सम्पन्न हुने देखिन्छ ।





