मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
ढाड भाँचिएपछि सञ्जिला सदायको काठमाण्डौमा उपचार जारी
विनोद मण्डल, कार्तिक- ११

तिहार र छठको चहलपहल बढ्दै गर्दा तराई–मधेसका जिल्लाहरूमा घर आँगनलाई लिपपोत गर्ने पुरानो परम्परा पुनः सुरु भएको छ । यस क्रममा लिपपोत योग्य माटो एकै ठाउँबाट निकाल्दा धेरै ठाउँमा गहिरा खाल्डाहरू बनिरहेका छन् । यस्ता खाल्डाहरूले जोखिम निम्त्याउँदा केही व्यक्तिले अनपेक्षित माटो धसनाको कारण अकालमा ज्यान गुमाउने घटना पनि बढेको छ ।

यसैक्रममा सिरहा जिल्लाको धनगढीमाई–४ स्थित सन्यासी बाबा स्थानको नजिक माटो खन्दै गरेकी सञ्जिला सदाय अचानक माटोको पहिरो (धसना) मा परिन् । दुर्घटनामा परेका सदायको ढाड गम्भीर रूपमा भाँचिएको र उनलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याइए पनि थप उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरिएको छ ।
उपचारको लागि आर्थिक समस्या भएपछि नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले पाँच हजार नगद सहयोग गर्दै केएमसी हस्पिटल काठमाण्डौमा औषधि बाहेक अन्य कुनै शुल्क नलाग्ने व्यवस्थापन गरिदिएका छन् । विपन्न परिवारकी सञ्जिलालाई काठमाडौँसम्म पु-र्याउन धनगढीमाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरेको छ ।





