जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

0Shares

घरम पुगेर अशक्तलाई नागरिकता प्रदान

थाङमिचागु डटकम संवाददाता

नुवाकोट : नुवाकोटको कुवापानीकी एक फरक क्षमता भएकी किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ। सूर्यगढी गाउँपालिका-२ कुवापानी घर भएकी शारीरिक तथा मानसिक रूपमा अशक्त १९ वर्षीया युनिशा लामिछानेलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको टोलीले शारीरिक तथा मानसिक रूपमा अशक्त किशोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।

रामहरि लामिछाने र लक्ष्मी लामिछानेकी छोरी युनिशालाई सूर्यगढी गापा-२ का वडाध्यक्ष दीपक अधिकारीले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासनलाई नेपाली नागरिकताका लागि सिफारिस गरेका थिए।

कार्यालय आउन असमर्थ रहेका शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रजिअ हुमागाईंको भनाइ छ।

किशोरी युनिशालाई प्रदान गरेको नागरिकता नं. २५–०१–८१–०३८३८ मा जन्ममिति २०६२ फागुन २४ गते उल्लेख छ। नागरिकता पाएपछि खुसी हुँदै युनिशाका परिवारजनले उनलाई अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहजता भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *