यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
सूचना: क्याङपोल वेगुम्पा र चागु क्षेत्रमा आवतजावत नगर्न अनुरोध; बिरामी लिएर आएको बोलेरो यावाल खोलामा रोकियो
महत्वपूर्ण सूचना: क्याङपोल वेगुम्पा र चागु क्षेत्रमा आवतजावत नगर्न अनुरोध, बिरामी लिएर आएको बोलेरो यावाल खोलामा रोकियो
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
केही दिनयता लगातार परेको अविरल वर्षाका कारण यावाल, मैरे, र दम्वा खोलाको जलस्तर अत्यधिक बढेको छ। खोलाहरूमा पानीको बहाव धेरै बढेकाले क्याङपोल वेगुम्पा र चागु क्षेत्र हुँदै आवतजावत गर्नु जोखिमपूर्ण हुन सक्छ।
यसैबीच, एक बिरामी बोकेको बोलेरो गाडी यावाल खोलामा पानीको बहाव अत्यधिक बढेकोले रोकिएको छ। बिरामीलाई समयमै गन्तव्यमा पुर्याउन कठिनाई भएपछि स्थानीयको सहयोगमा उद्धार प्रयास भइरहेको छ।
स्थानीय प्रशासनले यात्रालाई अझ सुरक्षित बनाउनका लागि अनुकूल मौसम नभएसम्म उक्त क्षेत्र हुँदै आवतजावत नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न, र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। थप जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क राख्न आग्रह गरिएको छ।





