थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको पाँचौँ प्रस्तुति: बिजया दशमीको शुभकामना आदानप्रदान तथा दशैं धमाका २०८१
नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको पाँचौँ प्रस्तुति: बिजया दशमीको शुभकामना आदानप्रदान तथा दशैं धमाका २०८१
थाङ्मीचागु डटकम सम्बादाता
५ शनिबार असोज २०८१
नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीले बिजया दशमीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम ‘दशैं धमाका २०८१’ आयोजना गर्दैछ। समाजको पाँचौँ प्रस्तुति रहेको यस कार्यक्रमको संयोजन सरिता बल तामाङले गर्नु भएको छ।
यस कार्यक्रमको मूल उद्देश्य भनेको नेपाली महिला समाजलाई एकतामा बाँध्दै हरेक सुख-दुःखमा साथ दिने भावना प्रकट गर्नु हो। नेपाली समुदायलाई एकै थलोमा जुटाउँदै सामाजिक, सांस्कृतिक र आपसी सद्भावको भावना जागृत गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुनेछ, जसले नेपाली संस्कृति र चाडपर्वको महत्त्वलाई झल्काउने छ। यस अवसरमा सरिता बल तामाङले समाजको एकता र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीले यसरी विभिन्न कार्यक्रमहरू मार्फत नेपालीहरूको बीचमा आत्मीयता, सहयोग र एकताको भावना विकास गर्ने चाहना राखेको छ।




