नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् ।
वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् ।
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ भदौ २ गते
२ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरतबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।
आइतबार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न खटाएको हो । उनी हाल अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारी थिए ।
हाल विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा फर्किएका छन् । करिब ७ महिना विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि उनी मन्त्रालयमा फिर्ता भएका हुन् । उनी करिब ३ वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत छन् ।
श्रम मन्त्रालयमा हालै सहसचिव प्रदीपराज कोइराला पनि सरुवा भएर आएका छन् । अब घिमिरे र कोइरालालले के जिम्मेवारी पाउँछन् भन्ने तय छैन ।
वैदेशिक रोजगार विभाग सूर्यबहादुर खत्री





