तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

0Shares

तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

थाङमिचागु डटकम संवाददाता

रौतहट – रौतहटको कटहरिया नगरपालिकाका शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएका छन् । नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू, बालविकास सहयोगी कार्यकर्ताले तलव र भताको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले भदौ चार गतेसम्म तलब भत्ता नपाए पाँच गतेबाट नगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने घोषणा समेत गरेका छन् । नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विद्यालय कर्मचारीहरुले नगरपालिका प्राङ्गणभित्र आईतबारबाट धर्ना सुरु गरेका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाई भएको छ।

सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले आगामी ५ गते मंगलबार सम्म तलब भत्ता निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुने बताएका छन्।

आज देखी सुरु भएको धर्ना लाई भोली ३ गतेसम्म निरन्तरता दिने , भदौ ४ गते हात्तमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने धर्नामा सहभागी एकजना शिक्षक देवीलाल कुशवाहाले बताएका छन।

कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन् । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन् ।

गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ।

करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल संगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *