नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
MNO-DGG प्रवास सभा मलेसियाद्वारा ३० औ मूलबासी दिवस तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
MNO-DGG प्रवास सभा मलेसियाद्वारा ३० औ मूलबासी दिवस तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सन्तोष ठान्टी थाङ्मी
२७ साउन २०८१ थाङ्मीचागु डटकम
मलेसियाको राजधानी कोलालम्पुर स्थित everest kitchen नेपाली रेस्टुरेन्टको टपतालामा भएको कार्यक्रमको नेतृत्व मंगोल नेशनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङ प्रवाससभा मलेसियाको अध्यक्ष जेबी गुरुङ ज्यूले गर्नुभएको थियो।
३० औं मूलबासी दिवसको उद्घाटन प्रवास सभा मलेसियाका अध्यक्ष जेबी गुरुङले डाक्टर गोपाल गुरुङको फोटोलाई खदा अर्पण गर्दै पाँचवटा क्यान्डल बाल्नु भएको थियो।
भने अध्यक्ष गुरुङले मूलबासी भनेको के हो भन्ने विषयमा व्यापक प्रशिक्षण दिनुभएको दिनुभएको थियो।
त्यस्तै स्वागत मन्तव्य मंगोल नेशन अर्गनाइजेसन डक्टर गोपाल गुरुङ प्रवास सभा मलेसियाको पूर्व कोष अध्यक्ष साथै थाङ्मीचागु.com र दोलखा दर्पण न्युज अनलाइन मिडियाको निर्देशक सन्तोष ठान्टी थाङ्मी ज्यूले महत्त्वपूर्ण भनाइहरू साथै सम्पूर्ण देशविदेशमा छरेर बस्नु भएको समस्त मूलबासी आप्रवासी देशवासी सबैलाई मूलवासी दिवसको शुभकामना दिनुभएको थियो।
त्यस्तै अन्य अतिथिहरुले पनि आफ्नो महत्त्वपूर्ण भनाइसँगै ३० औं मूलबासी दिवसको सम्पूर्ण देशविदेशमा छरेर बस्नुभएको नेपालीलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालक MNO-DGG प्रवास सभा मलेसियाका सचिव डम्बर राईज्यूले गर्नुभएको थियो।
उक्त ३० औ मूलबासी दिवसको अवसरमा धेरै नयाँ नयाँ मूलबासीहरु MNO- DGG संगठनमा प्रवेश गर्नुभएको थियो।
मूलवासी दिवस (Indigenous Peoples’ Day) भनेको विभिन्न देशका मूलवासी समुदायहरूको अधिकार, पहिचान, र संस्कृतिलाई सम्मान गर्नका लागि मनाइने विशेष दिन हो। यो दिवस मूलवासी जनताले आफ्नो इतिहास, संस्कार, र परम्परालाई जोगाइराख्न गरेको संघर्षको स्मरण र सम्मानमा मनाइन्छ।
मूलवासी दिवसको महत्त्व:
- पहिचान र अधिकारको सम्मान: यो दिवस मूलवासी जनताको पहिचानलाई मान्यता दिने र उनीहरूको अधिकारको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ।
- इतिहासको स्मरण: उपनिवेशवादका समयमा मूलवासी जनताले भोगेका पीडा र अन्यायहरूको सम्झना गरिन्छ, जसले इतिहासको वास्तविकतालाई समाजमा उजागर गर्न मद्दत गर्छ।
- संस्कृति र परम्पराको जगेर्ना: मूलवासी समुदायहरूको परम्परा, भाषा, र संस्कृति संरक्षणको महत्त्वलाई यस दिनमा विशेष जोड दिइन्छ।
- समानता र न्यायको लागि आवाज उठाउने: यो दिवसले मूलवासी जनताको हक र अधिकारका लागि कानूनी, सामाजिक, र आर्थिक न्यायको माग गर्ने एउटा महत्त्वपूर्ण मञ्च प्रदान गर्छ।
नेपालमा मूलवासी दिवस:
नेपालमा पनि यो दिवस विभिन्न मूलवासी संगठनहरूद्वारा मनाइन्छ। विविध कार्यक्रमहरू, जस्तै र्याली, गोष्ठी, सांस्कृतिक प्रदर्शनीहरू, र समुदायका अगुवाहरूको भाषणको माध्यमबाट यस दिनको महत्त्वलाई उजागर गरिन्छ।





