नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पक्षघात (प्यारालाईज) भई बेवारिसे अवस्थामा भेटिएको लोकेन्द्रको राजदूतावास द्वारा उद्धा ।।
सडकपेटीमा पक्षघात (प्यारालाईज) भई बेवारिसे अवस्थामा भेटिएको लोकेन्द्र बहादुर बुढालाई नेपाली राजदूतवासले उद्धार गरि स्वदेश फर्काएको छ ।

समाचारदाता पुर्ण लिम्बू २०८९ साउन २४
मलेशिया क्वालालम्पुर स्थित कोतारायाको YY48 होटलको सडकपेटीमा प्यारालाईज भएर सुतेका लोकेन्द्र बहादुर बुढालाई नेपाली राजदूतवासले उद्धार गरि स्वदेश फर्काएको छ । उनलाई ६ अगष्टको दिन हिमालय एयरलाईन्सको उडानबाट स्वदेश फर्काईएको हो ।

लोकेन्द्रको उद्धारमा प्रत्यक्ष खटिनु भएका नेपाली राजदूतवासका जनसम्पर्क सह-अधिकृत बिक्की अधिकारीका अनुसार १ अगष्टको दिन YY48 होटलका कर्मचारीले दूतवासको हटलाईन नम्बरमा फोन गरेर दयनिय अवस्थाका एक नेपाली होटलको सडकपेटीमा केहिदिन देखि दुर्घन्धित अवस्थामा सुतिरहेको जानकारी गराएका थिए । जानकारी पाएपछि तुरुन्तै बिक्की अधिकारी स्वयं नै उक्त स्थानमा पुगेर प्यारालाईज भएको शरीर लिएर आफ्नै दिसापिसाको दुर्घन्धमा डुबेका लोकेन्द्रलाई उद्धार गरेका थिए ।
उद्धार पछि राजदूतवासले लोकेन्द्रको परिवारसंग सम्पर्क गर्दा उनी ६/७ महिना देखि सम्पर्कमा नरहेको भन्ने जानकारी गराएको छ । “यति लामो समय सम्पर्कमा नहुदा कतै बुवामाथि अप्रिय घट्ना पो घट्यो कि !” भनेर छोराले सुनाएको आशंकालाई उद्घृत गर्दै नेपाली राजदूतवासका जनसम्पर्क सह-अधिकृतले भन्नू भयो,- लोकेन्द्रलाइ उनको घरपरिवारको आग्रहमा अध्यागमनमा लाग्ने शूल्क, हवाई टिकट लगायतका सम्पूर्ण सहयोग उपलब्ध गराई स्वदेश फर्काईएको हो ।

लोकेन्द्रको उद्धारमा खाने-बस्ने ब्यवस्थाका लागि नेटफार एसडिएन बिएचडी का डाइरेक्टर नेत्र केसि संग राजदूतवासले सहयोग लिएको थियो । नेपाल पुगेका उनलाई पिएनसिसिका प्रतिनिधिले एयरपोर्टमा रिसिभ गरि परिवारको जिम्मा लगाएको छ ।





