टेक्निकल कागजातको समस्याले एयरपोर्टबाट फर्काएका अमित,अन्ततः अमित पासवन स्वदेश फर्किए

0Shares

थाङ्मीचागु डटकम सम्बादाता

02-08-024 प्रवास

पुर्ण निम्बु

मलेशिया.टेक्निकल कागजातको समस्याले एयरपोर्टबाट फिर्ता गराईएका अमितलाई पिएनसिसि मलेसियाका संयोजक पूर्ण लिम्बुले पुनह एयरपोर्टबाट उद्धार गरेका थिए ।
अन्ततः अमित पासवन स्वदेश फर्किए

देश फर्किदै गर्दा मलेसियाको एयरपोर्ट अध्यागमनबाट फिर्ता भएका अमित पासवनलाई अर्को हवाईटिकट खरिद गरि स्वदेश फर्काईएको छ । १ अगष्टका दिन बाटिक एयरको उडानबाट उनलाई फर्काईएको हो । ३० जुलाईका दिन मलेसियन एयरलाईन्सको उडानबाट देश फर्किदै गर्दा एयरपोर्ट अध्यागमनले यात्राको लागि आवश्यक कागजात नपुगेको कारण देखाई अमितलाई फिर्ता गरेको थियो । फिर्ता गराईएका अमितलाई पिएनसिसि मलेसियाका संयोजक पूर्ण लिम्बुले पुनह एयरपोर्टबाट उद्धार गरेका थिए ।

करिव चार महिना अगाडी मात्रै एक ग्लोब कम्पनीमा काम गर्न मलेसिया आएका अमित पासवन कम्पनी छाडेर दूईतीन हप्ता यता सडकको वास हुने स्थितिमा भेटिएका थिए । कुराकानीको क्रममा मानसिक स्थिति असमान्यजस्तो लाग्ने अमितलाई पिएनसिसिले एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापासँगको परामर्शमा उद्धार गरि सेल्टरहाउसमा आश्रय दिलाएका थिए ।

स्वदेश फर्किन मन गरेका तर फर्किनलाई चाहिने खर्च नभएका अमितका लागि सम्बन्धित कम्पनीसँग पहल गरिदिन पिएनसिसिले नेपाली राजदूतवाससँग निवेदन गरेको थियो । त्यसपछि नेपाली राजदूतवासका जनसम्पर्क अधिकृत जय प्रकास गिरीले तदारुकताका साथ सम्बन्धित कम्पनीसँग समन्वय गरि अमितलाई पासपोर्ट दिलाउनु भएको थियो । साथै चेकआउट मेमो समेत उपलब्ध गराउनु भएको थियो ।

पिएनसिसिले उपलब्ध गराएको मलेसियान एयरलाईन्सको हवाई टिकटमा स्वदेश फर्किदै गरेका अमितलाई बोडिङपास समेत लिईसकेको अवश्थामा अध्यागमले फर्काईदिएपछि अर्को हवाई टिकटको बन्दोवस्त गर्नु परेको थियो । तसर्थ दोश्रो हवाई टिकटका लागि एनआरएनए मलेसियाका महिला संयोजक ईन्दु बस्नेतको पहलमा एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज योङहाङले उपलब्ध गराउनु भएको हो ।

स्वदेश फर्किएका अमितलाई एयरपाेर्पिटमा रिसिभ गरि एकदिन सेल्टर हाउसमा राखेर घरसम्म पुग्ने बाटोखर्च सहित पिएनसिसि केन्द्रीय कार्यलय काठमाडौले निजको भाञ्जाको र‍ोहवरमा परिवारको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *