यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
मलेसियामा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जित्ने खेलाडी टिमलाई दूतावासले सम्मान गरेको छ ।
मलेसियामा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जित्ने खेलाडी टिमलाई दूतावासले सम्मान गरेको छ ।
थाङ्मीचागु डटकम संवाददाता
२०८१ साउन १६
मलेसियामा भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ मा पदक जित्न सफल नेपाली खेलाडीलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ।
केही दिनअघि मलेसिया भएको खेलमा नेपाली खेलाडीले ७ स्वर्ण र ३ रजत पदक जितेका थिए।
मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोदिता बज्राचार्यले खेलाडीलाई सम्मान गरेकी हुन्।
मलेसियाको सेलाङ्गोर राज्यस्थित केलाङ शहरमा भएको खेलमा नेपालका नारायण नहर्की, अब्बास अन्सारी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जितेको टिम म्यानेजर आशिष घिमिरेले जानकारी दिए।
त्यस्तै हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेको उनले बताए।
१२ जना खेलाडीसहित टिम म्यानेजर घिमिरे, रेफ्री उमर खान, प्रशिक्षकद्वय रोशन खान र कमल भट्टराई मलेसिया पुगेका थिए।
खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनेसिया, ब्राजिल, चीन, ताइवान, भारत गरि ८ देशका खेलाडी सहभागी थिए।





