रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ

0Shares

रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ

थाङमिचागु डटकम संवाददाता

अध्यक्ष ओलीलाई स्वागत गर्दै सभापति लामिछाने काठमाडौँ, ७ असार ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित चियापान समारोहमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दै पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । तस्बिर ः हरिराम भेटुवाल÷रासस

७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षको समीक्षा राम्रै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे ।

उनले भने, ‘शुभकामना छ । रास्वपाको दुई वर्षको समीक्षा राम्रै छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आवद्ध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *