मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण, १२ जनामा गम्भीर समस्या
दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण, १२ जनामा गम्भीर समस्या
थाङमिचागु डटकम संवाददाता

७ असार, काठमाडौं । दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ ।
भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो ।बुधबार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच गरिएको थियो । सो क्रममा विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।
दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।
बिहीबार दोलखाको शैलुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो । शैलुङमा रहेको शारदा माविमा आयोजना गरिएको शिविरमा १ हजार ११ जनाको परीक्षणका क्रममा ६ जनामा मुटुमा समस्या देखिएको र तीन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको बताइएको छ ।
चरिकोट र शैलुङमा गरी मुटु परीक्षण शिविरका क्रममा १ सय ७८ जनाको इको गरिएको थियो । जसमध्ये १२ जना बालबालिकामा गम्भीर मुटु रोग समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरूले बताएका छन् । गम्भीर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निःशुल्क उपचार गरिने छ । अन्नपूर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चीनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो ।




