नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
थाङमिचागु डटकम संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन गरेको हो ।
सोमबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुले सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा केन्द्रीत भएर सातदोबाटो देखि टुडिखेलसम्म र्याली सहित शान्तिपूर्ण नाराबाजी गरेर सातदोबाटोमा कोणसभा गरेका थिए ।
सभापति लामिछाने विरुद्ध सुर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछानेले सो सहकारीको रकम अपचलन गरेको आरोप छ । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ ।
प्रदर्शनमा निलो क्रान्ति जिन्दावाद, दुई तिहाई तिम्रो पाराले दुख पाए साराले,४६ सालपछि सम्पूर्ण भष्ट्रचारीलाई छानबिन गरि कार्वाही गर,माफियाहरूलाई कारवाही गर, सहकारीपीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । रास्वपा दाेलखाका सभापति दिनेश बस्नेतकाे सभापतित्वमा भएकाे काेणसभामा रास्वपाका नेता जगदीश खरेल,रमेश श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए।





