दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण !!!

0Shares

दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण

थाङ्मी चागु डट कम संवाददाता
७, आषाढ २०८१

दोलखा । दोलखाका भीमेश्वर नगरपालिका र शैलुुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परिक्षण समपन्न भएको छ ।

असार ५ गते बुधबार भिमेश्वर नगरपालिकामा सुरु गरिएको शिबिरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो भने आज ६गते बिहिबार दोलखाको शैलुुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परिक्षण गरिएको शिबिरमा संलग्न डाक्टर तथा मुटुु रोग बिषेशज्ञ प्रेमराज बैद्यले बताए । दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको बुधबार चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको शिबिर आयोजनाको समन्वयकर्ता दोलखाका बुद्धिजीवी तथा राप्रपाका नेता कुमार कार्कीले बताए । आज बिहिबार दोलखाको शैलुुङमा रहेको शारदा माबिमा आयोजना गरिएको शिबिरमा १ हजार ११ जनाको परिक्षणका क्रममा ६ जनामा मुटुुमा समस्या देखिएको र तीन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको डाक्टर बैद्यले बताए ।

चरिकोट र शैलुुङमा गरि मुटुु परिक्षण शिबिरका क्रममा १ सय ७८ जनाको ईको गरिएको थियो । जसमध्ये मुुटुको समस्या १२ जना बालबालिकामा गम्भिर मुटु रोगको समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् । गम्भिर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने अन्नपुर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिए । अन्नपुर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चीनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परिक्षण गरिएको हो । मुटु शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरुबाट मुटुको निशुल्क सामान्य जाँच तथा ईको समेत गरिएको थियो । शिबिरको सम्पुर्ण ब्यबस्थापकिय कार्य राप्रपाका केन्द्रिय साहायक कोषाध्यक्ष तथा समाजसेबि सोभित उप्रेतीले गरेका थिए । शिबिरमा मुटुु परिक्षणमा संलग्न चीनमा रहेको फुवाई युनान कार्डियोभास्कुलर अस्पतालका डाक्र लु जियाङले नेपालमा अन्य देशमा जस्तो मुटुका रोगि बालबालिका नभेटिएको प्रति खुसी ब्यक्त गरे । शुक्रबार शिविर सिन्धुपाल्चोकमा सञ्चालन हुने पनि अन्नपुर्ण न्युरो अस्पतालका डाक्टर समिर आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *