थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
मनिष थाङ्मीको अगुवाईमा ग्रामीण सडक बाटो निर्माण तिब्र ।।।
मनिष थाङ्मीको अगुवाईमा ग्रामीण सडक बाटो निर्माण तिब्र ।।।

थाङ्मीचागु डटकम सम्बादाता
[विनोद मण्डल,]
आषाढ ३ – २०८१ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ को थाङ्मीचागुको मैरे भिरमा मनिष थाङ्मीको नेतृत्वमा ग्रामीण सडक बाटोको निर्माण तिब्र गतिमा अघि बढेको छ ।

स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा स्थानिय निकायको सहयोगमा बाटोको निर्माण थालिएको हो ।

टोल बस्तीमा आवत जावत गर्नका लागि यस बाटो निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ ।

स्थानीय वडा सरकारबाट प्राप्त ५ लाखको योजनाबाट सडक निर्माणको कार्य थालिएको हो ।

सडक विस्तार र निर्माणको कार्यमा समाजसेवी थाङ्मीले देखाएको सक्रियताको चौतर्फी प्रसंशा हुँदै आएको छ । थाङ्मी सामाजिक सेवाको वृत्तमा स्थानिय समाजका एक अशल कहलिएका व्यक्तित्व मानिन्छ ।






