रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
मनिष थाङ्मीको अगुवाईमा ग्रामीण सडक बाटो निर्माण तिब्र ।।।
मनिष थाङ्मीको अगुवाईमा ग्रामीण सडक बाटो निर्माण तिब्र ।।।
थाङ्मीचागु डटकम सम्बादाता
[विनोद मण्डल,]
आषाढ ३ – २०८१ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ को थाङ्मीचागुको मैरे भिरमा मनिष थाङ्मीको नेतृत्वमा ग्रामीण सडक बाटोको निर्माण तिब्र गतिमा अघि बढेको छ ।
स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा स्थानिय निकायको सहयोगमा बाटोको निर्माण थालिएको हो ।
टोल बस्तीमा आवत जावत गर्नका लागि यस बाटो निर्माणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ ।
स्थानीय वडा सरकारबाट प्राप्त ५ लाखको योजनाबाट सडक निर्माणको कार्य थालिएको हो ।
सडक विस्तार र निर्माणको कार्यमा समाजसेवी थाङ्मीले देखाएको सक्रियताको चौतर्फी प्रसंशा हुँदै आएको छ । थाङ्मी सामाजिक सेवाको वृत्तमा स्थानिय समाजका एक अशल कहलिएका व्यक्तित्व मानिन्छ ।