रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21दोलखा बिगु ८ र कालिञ्चोक १ जोडिले झोलुङ्गे पुल जीर्ण बन्दै, निकाय बेखबर ।।।
दोलखा बिगु ८ र कालिञ्चोक १ जोडिले झोलुङ्गे पुल जीर्ण बन्दै, निकाय बेखबर ।।।
थाङ्मीचागु डटकम सम्बादाता
[विनोद मण्डल ]
आषाढ ३- २०८१ दोलखा भौगोलिक बनावटको दृष्टिदेखि विकट हिमाली जिल्लाको ग्रामीण क्षेत्रमा आवत जावतको लागि बनाइएको पुलको हालत जीर्ण बन्दै गएपनि निकाय बेखबर बनेको अवस्था छ ।
दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागु र कालिन्चोक १ जोड्ने मौरे पुल बिगत ३/४ बर्षदेखि जीर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
जुन स्थानमा पुल जिर्ण अवस्थाको छ त्यही ठाउँमा करोडौँको लागतमा कालिञ्चोक हाइड्रोपावर सुरु भएको छ। तर पनि कुनै पनि फूल माथि आँखा गएको छैन।
पुलको तार जाली, कठ्ठा लगायतको भौतिक वस्तुमा खिया परेको एउटा अवस्था रहेको देखिन्छ भने अर्कोतिर पुलकको बाटोमा लगाइएको सामाग्री समेत टुटन,फुट्न थालेपछि कठिन र जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने बाध्यता स्थानियलाई उत्पन्न भएपनि निकायले ध्यान नदिएको अवस्था छ ।
संभावित दुर्घटना भएपछि मात्र ध्यान जाने निकायले यसको मर्मत तथा सम्भार प्रति तत्काल ध्यानाकर्षण गर्न जरुरी छ ।
स्थानिय थाङ्मीचागु डटकम online दोलखा दर्पण मिडियाले पटक पटक पुलको बारेमा निकायको ध्यानाकर्षण गराउँदै आएको अवस्था छ ।