थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
प्रवास मलेसियामा २५६८ औं बुद्ध जयन्ती भब्यताको साथ मनाइयो ।।।
मलेसियामा २५६८ औं बुद्ध जयन्ती भब्यताको साथ मनाइयो ।।।
थाङ्मीचागु डटकम सम्बादाता
क्वालालम्पुर । मलेसियको राजधानी क्वालालम्पुरको ब्रीक्फिल स्थित काण्डिया हलमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ,नेपाल आदिवासी जनजाती महासंघ लगायत मलेसियामा क्रीयाशिल संग्ज संस्थाको समन्वयमा शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाख डे)का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ।

गैरआवासीय नेपाली सङ्घ मलेसिया,नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र मलेसियामा क्रीयाशिल संघ संस्थाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली सङ्घ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य , नेपाल बाट आएका लामा गुरु खेन्पो कर्म हृञ्जेन शेर्पाको टिमले पुजा पाठ गरि कार्यक्रमको सुभारम्भ भएको र कार्यक्रमको अवसरमा थारु,गुरुङ,मगर र तामाङ समुदायले जातिय पोशक सगित कला प्रस्तुत गरेका थिए भने नेपाल बाट आमन्त्रित कलाकार धिरज राई ले कला प्रस्तुत गरि मनोरञ्जन दिलाएको थियो ।

त्यस अवसरमा राजदूत पौडेलले बुद्धको जन्मस्थल लुम्बिनी नेपालीको गौरवको केन्द्र भएको बताउँदै लुम्बिनी क्षेत्र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को)को विश्व सम्पदा सूचीमा रहेको जानकारी दिँदै नेपाल सरकार बृहत् लुम्बिनी क्षेत्रको पूर्ण विकास, यसको सांस्कृतिक र वास्तुकला स्मारकहरुको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको बताएको जनजाति महासंघको अध्यक्ष बिपिन राई ले जनाएको छ ।

त्यस्तै काण्डिया हलमा औपचारिक कार्यक्रम सम्पन्न भए पश्चात् महा बिहार बाट ७ बजे पद यात्रा सुरु गरि राती १२ बजे पद यात्रा सम्पन्न गरिएको थियो।





