इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा
2024-11-20तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज
2024-11-20मर्यादित वातावरणमा औरही माविमा टेस्ट परीक्षा जारी ।।।
मर्यादित वातावरणमा औरही माविमा टेस्ट परीक्षा जारी ।।।
थाङ्मीचागु डट कम सम्बादाता
विनोद मण्डल,फाल्गुन १८ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित श्री सुन्दर जनता माध्यामिक विद्यालयमा फाल्गुन १६ गतेदेखि कक्षा १० को टेस्ट परीक्षा सञ्चालन भएको छ ।
विद्यालयको तीन ओटा परीक्षा हलमा संचालित टेस्ट परीक्षामा १५४ जना विद्यार्थी यस पटक सहभागी भएको बिद्यालयका शिक्षक विजय नारायण सिंहले बताएका छन ।
ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयमा पठन पाठन राम्रो हुने भएको कारण सामुदायिक विद्यालयहरूप्रति आकर्षण घट्दै गएको अवस्थामा औरही गाउपालिकामा रहेको यस सरकारी विद्यालयको शैक्षिक वातावरण अशल भएको कारण बिद्यार्थीको चाप बढी रहेको आम बुझाई रहेको पाईन्छ ।
पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने यस माविमा प्रधानाध्यापक विवेक कुमार यादवको प्रसासनिक नेतृत्वको कारण एकातिर पढाईको बातावरण अति सुन्दर तवरले अगाडि बढिरहेको छ भने अर्कोतिर विद्यालयमा हुँदै आएको प्रत्येक परीक्षा समेत मर्यादित रूपमा सञ्चालनको अवस्थामा रहेको स्थानियले बताएका छन ।
सी पूर्व संचालित यस परीक्षालाई मर्यादित बनाउनका लागि यतिबेला आम अभिभावकको समेत अशल भूमिका रहेको छ ।
वर्तमान अवस्थामा समाजलाई आवस्यक गुणस्तरिय शिक्षा उत्पादन गर्दै आएका यस विद्यालयमा नियमित रूपमा पठन पाठनसँगै सामान्य परीक्षाहरु सञ्चालन हुँदै आएको अवस्था रहेको देखिन्छ ।