नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
रुसले परमाणु अस्त्रकाे प्रयाेग गर्ने बाटाे खुल्ला गर्याे।

रुसले परमाणुअस्त्रसम्बन्धी आफ्नो मार्गदर्शक सिद्धान्त संशोधन गर्दै आफूमाथि अरू देशबाट आक्रमण हुँदा परमाणुअस्त्र प्रयोग गर्ने बाटो खोलेको छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त सिद्धान्तमा गरिएका परिवर्तनहरूलाई मङ्गलवार अनुमोदन गरे। अब रुसले परमाणुशक्ति भएको अरू राष्ट्रको समर्थन लिएको देशले आफूमाथि हमला गरे त्यसलाई संयुक्त आक्रमण मान्ने छ। अनि आफूमाथि परम्परागत क्षेप्यास्त्र, ड्रोन वा विमान प्रयोग गरी हुने ठूलो आक्रमणको जबाफ परमाणुअस्त्र प्रयोग गरेर दिन सक्छ।अमेरिकाले युक्रेनलाई आफूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ (एटीएसीएमएस) प्रयोग गर्न अनुमति दिएको भोलिपल्ट तथा युक्रेन युद्ध सुरु भएको १,००० दिन पुगेकै दिन रुसले रुसले उक्त निर्णय गरेको हो।
यसैबीच रुसले युक्रेनले पहिलो पटक रुसी भूमिमा लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेको दाबी गरेको छ। अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग त्यस्ता क्षेप्यास्त्रहरू रुसी भूमिमा प्रहार भएको पुष्टि गरेका छन्।
युक्रेनले भने त्यसबारे केही बोलिसकेको छैन।
रुसको रक्षा मन्त्रालयका अनुसार ती क्षेप्यास्त्रहरूले मङ्गलवार बिहान उत्तरमा युक्रेनी सीमा रहेको ब्रियान्स्क क्षेत्रमा निसाना बनाएका थिए।





