नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
स्वास्थ्य मन्त्रीसहितको टोली नैनपुर अस्पतालमा ।।।
स्वास्थ्य मन्त्रीसहितको टोली नैनपुर अस्पतालमा ।।।
थाङ्मीचागु सम्बादाता
विनोद मण्डल,फाल्गुन १८ । सिरहाको धनगढीमाईको नैनपुर अस्पतालको स्थलगत अनुगमनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गर्नु भएको छ ।

पूर्व पश्चिम राजमार्गको छेउमा रहेको नैनपुर अस्पतालको परिसरमा करिब ४ बजेर ३६ मिनेटको समयमा पुग्नु भएका स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले अस्पतालको आकस्मिक कक्ष, वार्ड , ल्याब , बन्दै गरेको नयाँ भवनको भौतिक संरचना लगायतको स्थलगत अनुगमन गर्नु भएको हो ।
अनुगमनको क्रममा उनीसँगै नेपाली कांग्रेस पार्टीका सिराहा जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाईका उप मेयर संगिता चौधरी , लाहान अस्पतालका मेसु लगायतको टोलीले स्थलगत अनुगमन गर्दै अस्पतालको समस्याहरू मन्त्रीले बुझ्नु हुँदै आफूले अस्पतालको समग्र विकासको लागि अति आवश्यक वस्तुहरूको आपूर्तिमा सहयोग गर्ने बताउनु भएको छ ।
अस्पतालको समग्र विकासका लागि नगरका तर्फबाट उपमेयर संगिता चौधरीले ध्यानाकर्षण गराउनु हुँदै औषधी, मेडिकल सामग्री , बेड लगायतको सामग्री थप्नु पर्ने भन्दै मन्त्री सिङको ध्यानाकर्षण गराउनु भएको थियो ।
अनुगमनमा रहेका नेपाली कांग्रेस पार्टीका सभापति रामचन्द्र यादवले नगरको अस्पतालको रूपमा रहेको नैनपुर अस्पतालको अवस्थामा सुधार आउन जरुरी रहेको बताउनु हुँदै धनगढीमाई १४ स्थित रहेको स्वास्थ्य केन्द्रमा औषधी , बेड लगाएत अति आवश्यक सामग्री लगायतको सामग्री थप्नु पर्ने भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराउनु भएको छ ।
समसामायिक समस्या प्रति केन्द्रित हुँदै राम निर्दोषीले वाडा नम्बर १४ मा रहेको स्वास्थ्य समस्याको बारेमा मन्त्री सिङ्लाई खुलेर ध्यानाकर्षण गराउनु भएको थियो ।





