नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सामाजिक सचेतना अभियान बढाउँदै लाहान सिटी जेसीज ।।।
सामाजिक सचेतना अभियान बढाउँदै लाहान सिटी जेसीज ।।।

विनोद मण्डल,फाल्गुन २० । सिरहाको लहानमा सिटी जेसीज लहानले सामाजिक अभियान लागातार गरिरहेको अवस्था रहेको देखिन्छ ।

जेसीजको पदस्थापना समारोहसँगै पदभार ग्रहण गरेका उमेश यादवको नेतृत्वमा यतिबेला लाहनमा सामाजिक कार्यक्रम अन्तर्गत लागु पदार्थ विरुद्धको चेतनामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगाएत स्वास्थ्यवर्धक कार्यक्रम अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।

दूरदर्शिताका धनी व्यक्तित्व उमेश यादवको सामाजिक विकासको यात्रा अन्तर्गत चेतनामूलक कार्यक्रमहरू नियमित भइरहेको छ ।
समाजमा दबिएर रहेका क्यान्सरका बिरामीहरूलाई उपचारसम्म लाने प्रयास र क्यान्सर लाग्नबाट आफू र समाजलाई कसरी बचाउन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ लाहनमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लहान सिटी जेसीजको आयोजना, लाहान प्यारागन पब्लिक स्कूलको सहयोग तथा लाहान क्यान्सर केयर सेन्टरको सहजीकरणमा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व निर्धारित समयमा आयोजित कार्यक्रममा स्थानिय जनप्रतीनिधिहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत आम स्थानियको सहभागितामा आयोजित कार्यक्रममा क्यान्सर रोग सम्बन्धी चेतना मुलक भनाईहरु वक्ताहरुले राखेका थिए ।





