भारतीय मञ्चमा माया थामी ।।।

0Shares

भारतीय मञ्चमा माया थामी ।।।

थाङमीचागु डट कम संवाददाता
सन्तोष ठान्टी थाङ्मी,२०८० फाल्गुन १० ।
भारतको हरियाणा स्थित “Pray For India” नामक संस्थाले आयोजना गरेको “Incredible India Award” मा नेपालको तर्फबाट माया थामीले प्रतिनिधित्व गर्नु भएको थियो ।

सामाजिक सेवामा सक्रिय भएर कार्य गर्दै आएका विश्वभरिका सामाजिक अभियन्ताहरुको सामाजिक कामको मुल्याङकन गर्दै सम्मान गर्ने कार्यक्रममा माया थामीको नाम नेपालबाट छनौटमा परेको थियो ।

भारतीय भूमिमा आयोजना गरिएको औपचारिक कार्यक्रम अन्तर्गत विश्व मञ्चमा नेपालको तर्फबाट माया थामी नेपालको राष्ट्रिय झण्डा बोकेर प्रस्तुत हुनु भएको थियो ।

आयोजित विश्व मञ्चमा वक्ताहरुले कार्यक्रमको अधिकतम समय नेपाल र नेपालीको बयानमा खर्चेका थिए ।

संसारको अनुपम कला र सांस्कृतिक सभ्यता भएको देशको रूपमा परिचित नेपालको वक्ताहरुले खुलेर प्रशंसा गरेका थिए ।

संक्षिप्त कुराकानीमा माया थामीले ” कार्यक्रममा सहभागी सबैले नेपाल र नेपालीको प्रशंसा गर्नुभएको थियो । नेपाल र नेपालीको प्रशंसा गरेर वक्ताहरु थाक्नु भएन वहाँहरूको बयान मैले पनि गम्भिर भई गहभरी आँशु पारेर आफ्नो देशको गुनगान सुनिरहे । साँच्चै यो क्षण मेरो लागि अविस्मरणीय रहेको भन्दै सबै देशबाट आउनु भएका क्षमतावान ब्यतित्त्वहरुलाई मिठो स्वागत र सम्मानको लागि म र मेरो देश नेपालको तर्फबाट धन्यवाद दिएको ” बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *