समस्यामा परेको श्रमिकको सहारा बन्दै प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया।

0Shares

समस्यामा परेको श्रमिकको सहारा बन्दै प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया।

थाङ्मीचागु डटकम सम्बादाता २०८०फागुन ७

क्वालालम्पुर :-  नेकपा एमाले संबद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया समस्यमा परेका नेपाली पिडीत श्रमिकहरुको सहारा बन्दै आएको छ। विशेष गरि श्रम गर्न मलेसिया पुगेका नेपालीहरु कम्पनीको कारणबाट वा विभिन्न कारणले अवैधानिक बस्नु परिरहेको अवस्थामा मलेसियाको अध्यागमनबाट पक्राउ परि घर फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई राजदुतावासको समन्वयमा प्रवासी नेपाली मञ्चले एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ। त्यति मात्रै नभई मलेसियामा रहेर आपतकालीन रुपमा विभिन्न समस्य झेल्दै पिडीतहरुको लागि पनि आर्थिक  सहयोग उपलब्ध गराई साहारा दिदै आएको छ।

त्यस्तै फेब्रुअरी १० र ११ मा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको भौतिक बैठक नेकपा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा होटल ग्राण्ड कन्टिनेन्टलमा भब्यताका साथ सम्पन्न भएको छ । अन्तरास्ट्रिय कमिटीको भौतिक बैठक र राष्ट्रिय कमिटीको कार्यकर्ता प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रमका लागि विश्वभरिका प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहने गरि भेला आयोजना गरिएको थियो । उक्त भेलामा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटीको तर्फबाट अध्यक्ष दयाराम कुमालले मलेसियाका श्रमिक केन्द्रित न्युनतम आरएम ५१,००० बराबरको “पिडीत श्रमिक उद्दार कोष” स्थापना गर्ने घोषणा गरेको छ ।
त्यस्तै मलेसियामा समस्य झेल्दै आउनु भएको छ भने नेपाली राजदुतवास मलेसियाको समन्वयमा श्रमिक समस्य हल गराउन प्रवासी नेपाली मञ्च तयारी रहेको मञ्चका सचीव कृष्ण खड्का ले जानकारी गराए।

त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले घोषणा गरे देखि अहिले सम्म विभिन्न समस्य झेल्दै आएका ४० भन्दा बढी लाई हवाई टिकट र विभिन्न समस्य परेका १ दर्जन भन्दा बढी लाई आर्थिक सहयोग पनि गरि सकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *