मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटी सम्मानित !!!
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटी सम्मानित !!!

थाङ्मी चागु डट कम संवाददाता २०८० फागुन ३ गते १५:०१
मलेसिया, ३ फागुन। प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटीलाई सम्मान गरिएको छ ।

प्रवासी नेपालीहरुको हितमा गरेको कार्यको प्रशंसा गर्दै नेपाल तामाङ घेदुङ, मलेसियाले प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाललाई सम्मान पत्र प्रदान गरेको हो ।

नेपाली राष्ट्रिय सांस्कृतिक पर्व तामाङ समुदायको महान पर्व मञ्जुश्री संवत् २८६० मु/डुक ल्हो (बहुल बर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिङले कुमाललाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।

तामाङ घेदुङ मलेसियाले हरेक वर्ष सामाजिक योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । प्रवासी नेपाली मञ्चले मलेसियामा रहेका नेपालीहरूको हकहितमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ ।




