४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन सोमबारबाट चरिकोटमा सुरु भएको छ ।।।
दोलखा नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं जिल्ला अधिवेशन सुरु ।।।
थाङ्मचागु डट कम संवाददाता
सोमबार, माघ २२, २०८० ५:३०

दोलखा । नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन सोमबारबाट चरिकोटमा सुरु भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको हो । नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्यहरु आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, सरस्वती बस्नेत, रचना खड्का लगायतको सहभागिता रहेको थियो ।

२४ गतेसम्म सञ्चालन हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा भाग लिन जिल्लाभरीबाट ६ सय भन्दा बढी प्रतिनिधि सदरमुकाम चरिकोट आईपुगेका छन् । सोमबार साँझ उद्घाटन सत्र सकिएकोमा मङ्गलबार विहान ८ बजेदेखि बन्दसत्र सुरु गरिने नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।






