मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोलखा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सिंगटी बजारको खोली खेल मैदानमा प्रतियोगिता सम्पन्न ।।।
दोलखा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सिंगटी बजारको खोली खेल मैदानमा प्रतियोगिता सम्पन्न ।।।
थाङ्मीचागु डट कम संवाददाता।
जिरी नगरपालिकाले खोलिखिम खेल मैदानमा सम्पन्न दोलखा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पारेको छ । कुल ८ स्वर्ण, ५ रजत र ४ काँस्य सहित १७ पदक सहित जिरी नगरपालिका प्रथम भएको हो। यो सँगै नगरपालिकाले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
खेलकुद व्यवस्थापनका अध्यक्ष बिमल ओलीका अनुसार बिगु गाउँपालिकाले दोस्रो स्थानमा र तामाकोशी गाउँपालिकाले तृतीय स्थान ओगट्न सफल भएको छ । ६ स्वर्ण, ६ रजत र ८ काँस्य सहित २० पदक सहित बिगु गाउँपालिका दोस्रो स्थान हासिल गर्दै २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, तेस्रो स्थान ओगटेको तामाकोशी गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य सहित ९ पदक र १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । दोलखा जिल्ला खेलकुद विकास समितिको आयोजना र बिगु गाउँपालिकाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका खेलाडीहरुको सहभागीता रहेको थियो भने भलिबल, दौड, कपर्दी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल भएका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतको उपस्थिति रहेको थियो ।





