मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
जिरी नगरपालिकालाई १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी ।।।
जिरी नगरपालिकालाई १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी ।।।
थाङ्मीचागु डट कम संवाददाता
दोलखा । जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्डको उपाधी जिरी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा विगु गाउँपालिकाको सहआयोजनामा मंगलबारदेखि दोलखाको सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण ,५ रजत र ४ कास्य सहित उपाधी जित्न सफल भएको हो । विजेता नगरपालिकाले ३० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पाँच दिनसम्म सञ्चालित प्रतियोगितामा ६ स्वर्ण ,६ रजत र ८ कास्य पदक जितेको विगु गाउँपालिका द्धितिय र ५ स्वर्ण ,२ रजत र २ कास्य पदक जितेको तामाकोशी गाउँपालिका तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यसैगरी प्रतियोगितामा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश: २० हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
वाग्मती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल ,जिरी नगरपालिका मेयर मित्र जिरेल ,विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली , गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की , शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबू श्रेष्ठ ,मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर ,विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटी लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सहभागी खेलाडीहरु छनौट गरी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले जानकारी दिए ।
प्रतियोगितामा दोलखा जिल्ला भित्रका पुर्व खेलाडीहरुलाई दोसल्ला ओढायर सम्मान गरिएको थियो ।





