निर्मल लामा कवर्ड हलमा तेक्वान्दो प्रतियोगिताको उद्दघाटन ।।।

0Shares

निर्मल लामा कवर्ड हलमा तेक्वान्दो प्रतियोगिताको उद्दघाटन ।।।

थाङ्मीचागु डट कम संवाददाता

२०८०, माघ १२ । सिरहाको धनगढीमाई नगरपालिकामा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमको बीच उद्दघाटन भएको छ ।

धनगढीमाई नगरपालिकामा प्रदेश स्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको नगरपालिकाको वाडा नम्बर– ९ जिरोमाईल स्थित निर्मल लामा कवर्ड हलमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै उद्दघाटन पानसमा दीप प्रज्वलन गरी गरिएको छ ।

मधेस प्रदेशका आठवटै जिल्लाका खेलाडीहरुको सहभागितामा माघ ११, १२ र १३ गते प्रतियोगिता जारी रहेको यस अघि पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएका थिए । जारी प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

जहाँ पुरुषतर्फ ३०–६३ केजी तौल समूह र महिलातर्फ ३०–५१ केजी तौल समूहबीच हुने प्रतियोगितामा पुरुषतर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुनेछन् ।

तेक्वान्दो कल्ब धनगढीमाईका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा आयोजित आजको कार्यक्रममा प्रमूख अथिती उप प्रमुख संगिता कुमारी चौधरी, विशिष्ट अथिती पूर्व मेयर हरिनारायण चौधरी, फूलकुमारी श्रेष्ठ अतिथिहरु वाडा अध्यक्ष ज्युहरु सूर्यनारायण यादव , सरोज महतो , ओम यादव ,प्रकाश योञ्जन लगाएत विभिन्न अथितीगण , आठ ओटै जिल्लाका सहभागी गुरु ज्युहरु ,पत्रकार , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा खेलको उद्दघाटन गरिएको हो ।

प्रमूख अथिती तथा विशिष्ट अथिती ज्यूहरुले पानसमा बत्ती बालेर खेलको उद्दघाटन गरेपछि कार्यक्रम औपचारिक रूपमा अघि बढेको थियो ।

आयोजित कार्यक्रममा राष्ट्रिय गान,ज्ञात अज्ञात शहीदहरु प्रति मौन धारण लगायतको कार्यक्रम पछि स्वागत भाषण मार्फत अथिती गणलाई स्वागत गरिएको थियो ।

कार्यक्रम स्थलमा सबै जिल्लाको प्ले कार्ड अगाडि राखेर खेलाडीहरू बसेका थिए भने कवर्ड हलको भित्तामा खेल जगतमा योगदान गरेका खेलाडीहरुको तस्बिर राखिएको थियो ।

आयोजित कार्यक्रममा अन्तराष्ट्रिय जगतमा धनगढी माई नगरपालिकालाई चिनाउने ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

आयोजित कार्यक्रममा वक्ताहरुले धनगढीमाई खेल जगतमा अग्र स्थानमा रहेको बताएका थिए ।

प्रतियोगिताको आयोजक नगरस्तरीय तेक्वान्दो विकास समिति धनगढीमाई– ९ व्यवस्थापक जिल्ला तेक्वान्दो कार्य समिति सिराहा र प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।

आजको कार्यक्रमको सञ्चालन रमेश श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *