मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
लाईन्स क्लव अफ लाहान सनसाईनद्वारा जाडोको न्यानो कपडा वितरण ।।।
लाईन्स क्लव अफ लाहान सनसाईनद्वारा जाडोको न्यानो कपडा वितरण ।।।
थाङ्मीचागु डट कम संवाददाता
विनोद मण्डल
२०८० माघ १३ । सिरहाको धनगढीमाई १२ कुशमाहा स्थित खानेपानी कार्यालयको परिसरमा सनसाईनद्वारा जाडोको समयमा विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा अन्तर्गत कम्बल वितरण गरिएको हो ।

शैक्षिक जगतका चर्चित ब्यक्तित्व पाण्डव हमालको विशेष पहलमा कम्बल वितरण गरिएको बुझिएको छ ।
धनगढीमाईका मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा र समाजसेवी तथा बुद्धिजीवी पाण्डव हमालको विशेष पहलमा स्थानिय कुश्माहा र आहालेका करिब ५५ जना विपन्न परिवारका व्यक्तिहरूलाई बोलाएर न्यानो कपडा ओढाएर प्रदान गरिएको हो ।
लाईन्स क्लव अफ लाहान सनसाईनका पुनम चौधरी , शर्मिला पोख्रेल ,खुश्बू हमाल ,सुनिता सिंह लगायतको उपस्थितिमा कार्यक्रमको सञ्चालन पाण्डव हमालले गर्दै कम्बाल वितरण गरिएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय ठटियाका प्रहरी ,पत्रकार ,समाजसेवी लगायतको उपस्थितिका बीच कम्बल वितरण गरिएको थियो ।
सहभागीहरुले यस पटक जाडो जानै लागेको अवस्थामा कसैले पनि कुनै किसिमको राहत प्रदान नगरेको अवस्थामा कल्वले हामीलाई कपडा वितरण गरेर राहत प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
समाजसेवी पाण्डव हमालको नजर यसपटक धनगढीमाई १२ मा परेपछि स्थानिय विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा प्राप्त भएको आम बुझाई रहेको छ ।





