मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
आदिवासी( मुलबासी) पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएकोछ !!!
आदिवासी( मुलबासी) पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएकोछ !!!
थाङ्मीचागु डट कम संवाददाता
११माघ २०८०

मलेसिया / क्वालालम्पुर स्थित होटल ग्राण्ड होटेलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन-२०२४ जनवरी २५ तारीख सम्पन्न भएकोछ । अधिवेशनबाट अर्पण मगर “बुद्ध” अध्यक्षमा सर्वसहमत चयन भएकोछ ।

उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु) , सचिव ईश्वर राई , सह-सचिव श्रष्टि सुनुवार , कोषाध्यक्ष मिलन दोङ् तामाङ , सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ , जुद्दा चौधरी , सुर्या घर्ती मगर , सन्तोष थामी , यज्ञ कुमार राई , बिन्दु दर्लामी मगर , शाही कुमार तामाङ , सन्तोष राई निर्वाचित भएका हुन् ।

फोनिज मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्वमा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका संघीय अध्यक्ष गजुरधन राई रहेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी , रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघसंस्थाका अध्यक्ष , पदाधिकारीहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन कमिटीमा दर्ता भएको नामावली सर्वसहमतबाट नयाँ कार्यसमिति निर्वाचित भएका छ्न । कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशेष अतिथि , अतिथि लगायतले फोनिज मलेसियाको अधिवेशनबाट निर्वाचित नव कार्यसमिति लाई बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।






