अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
विगु गाउँ पालिका वडा नम्बर ८ खोपचागुको स्वास्थ्य चौकी अस्तव्यस्त ।।।
विगु गाउँ पालिका वडा नम्बर ८ खोपचागुको स्वास्थ्य चौकी अस्तव्यस्त ।।।
विनोद मण्डल , पुस ८ । बागमती प्रदेश स्थित दोल्खा जिल्लाको बिगु गाउँपालिका वाडा नम्बर ८ खोपाचागुको स्वास्थ चौकीमा औषधि लगाएत आवस्यक सामग्रीको आभाव रहेको छ ।
स्थानिय चौकीमा डाक्टर लगाएत अन्य स्टाप भएपनि चौकीमा औषधि र अन्य कुनै सामग्री ल्याप नभएको कारणले एकातिर कर्मचारीहरू दिनभरी बसेर आफ्ना समय बिताइरहेका छन् भने अर्कोतिर भौगोलिक रूपले विकट पहाडी जिल्लाको रूपमा रहेको उक्त ठाउँमा अति आवश्यक सामग्री नहुँदा स्थानिय जनता मारमा परेको छ ।
स्वास्थ्य चौकी भित्र रहेका स्वास्थ्य सामग्रीहरू बिग्रिएको अवस्थामा रहेको कारण उपचारमा असहजता भइरहेको अवस्थामा सरकार र सरोकारवाला निकायको साथै पालिका यी दृश्य देखेर छट्पटाई रहेका छन ।
यो अवस्था हेरेर पनि स्थानीय सरकार सरकल वाला मुखदर्शक बनेर कानमा तेल हालेर बसिरहेको छ । र तत्काल यो विषयको निकास दिनका लागि स्वास्थ्य चौकीमा औषधि र उपकरणहरु छिटोभन्दा छिटो उपलब्ध गराउनका लागि सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण समेत गर्दछ ।





