मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जिल्ला धनुषा प्रहरीमा दुर्गा प्रसाईविरुद्ध जाहेरी
धनुषा प्रहरीमा दुर्गा प्रसाईविरुद्ध जाहेरी
थाङ्मीचागु डटकम संवाददाता
मङ्गलबार, ०५ मङ्सिर २०८०,
काठमाडौँ । पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ ।
कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।
प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ ।
जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ । ।
दुर्गा प्रसाईं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





