मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नेकपा एमाले पार्टीले लियो मंसिर ७ को प्रदर्शनको स्वामित्व, अध्यक्ष र महासचिवको उपस्थितिमा विशेष भेला
नेकपा एमाले पार्टीले लियो मंसिर ७ को प्रदर्शनको स्वामित्व, अध्यक्ष र महासचिवको उपस्थितिमा विशेष भेला
थाङ्मीचागु डटकम
सन्तोष ठान्टी थाङ्मी
काठमाडौं । मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व पार्टी नेतृत्व नेकपा एमालेले स्वामित्व लिएको छ । आज (शनिबार) केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिएको हो ।
जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको छ ।
भेलामा संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको जानकारी दिए । उनले कतिपयले व्यक्तिको लडाइसँग जोडेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘यो व्यक्तिसँग जोडिएको लडाइँ होइन, पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने छ ।’
यस्तै यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिती, भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनको भनाइ छ । भेला जाजरकोट भूकम्प प्रभावितका लागि स्वंसेवी अभियान, मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना गरिएको उनले जानकारी दिइन् ।
#नेकपा एमाले
प्रतिक्रिया




