मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखाको बिगुमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता
दोलखाको बिगुमा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता
२८ श्रावण २०८०, आईतवार
दोलखा । दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन् ।
बिगु गाउँपालिका–७ का अन्दाजी बर्ष ३५ का निम्दोर्जे शेर्पा र उनका १२ बर्षिय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएको बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो बिगुको मगर गाउँ नजिकैको टोर थामी भन्ने जंगलमा निउरो टिप्न गएका बाबुछोरालाई माथिवाट खसेको पहिरोले पुरेको हो । खोला किनारमा निउरो टिप्ने क्रममा एक्कासी माथिवाट खसेको पहिरो र खोलामा एक्कासी आएको बाढीले बगाएको स्थानीय अगुवा पासाङ शेर्पाले जानकारी दिनुभयो । बेपत्ता भएका निम्दोर्जेले बोकेको कालो झोला र जुत्ता घटनास्थल नजिकै फेला परे पनि बाबुछोरालाई फेला पानै नसकिएको शेर्पाले बताउनुभयो ।
निउरो टिप्न गएका तीन जना मध्ये दुई जना बेपत्ता भए पनि अर्का एक जनाले भने भागेर ज्यान जोगाएका छन् । स्थानीय २३ बर्षिय दिलबहादुर थामी भने भागेर ज्यान जोगाउन सफल भएका हुन् । घटना दिउँसो करिव साँढे १२ बजे घटेको बताईएको छ । घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीवाट प्रहरी टोली खटिएको छ ।






