मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
बारामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक, ५ महिनामा ५७ जनाको मृत्यु
पौष ६ पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा रोकीराखेको मालवाहक ट्रकमा ठोक्किएर आइतबार साँझ २ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जना गम्भीर घाइते भए । रोकीराखेको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार रौतहट गुजरा नगरपालिका ३, सिम्रीकाका २६ वर्षीय भुवन पहरी र २७ वर्षीय रीतबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार पनि सोही सडकखण्डमा निजगढ नगरपालिका १, सिंगोलका स्थानीय समाजसेवी तथा एमाले नेता ४८ वर्षीय भोलाप्रसाद तिमिल्सिनाको मृत्यु भयो । पूर्वतर्फ जाँदै गरेको ना६ख २२६१ नम्बरको मालवाहक ट्रकमा विपरित दिशाबाट आउँदै गरेको ना३४प ८३३१ नम्बरको मोटरसाईकल ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेका तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यी दुई दुर्घटना उदाहरणमात्रै हुन् । पछिल्लो समय बारामा दुर्घटना र त्यसबाट हुने मृत्युदर बढ्दो छ ।
गत असोज २० गते दसैँको टीका लगाउन चितवन खैरहनीबाट अम्लेखगञ्जस्थित मामाघरमा आमासँगै आएका सफल आचार्यको पथलैया–अम्लेखगञ्ज सडक खण्डको ३ नम्बर पुलमा भएको दुर्घटनामा मृत्यु भयो । सो दुर्घटनामा सफलकी आमा अम्बिका आचार्यसँगै १४ जनाले घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भयो । अम्लेखगञ्ज–पथलैया र पथलैयादेखि निजगढ सडक खण्डमा यस्ता दुर्घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको ५ महिनामा बारा जिल्लामा मात्रै ५७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।





