दुई वर्षसम्म कैद सजाय पाएकालाई सुधारगृहमा राख्न सकिने, कात्तिक १५ देखि लागू हुने
2026-10-17जीबी राईको सन्देश सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रवि र छविलाई नजोड्न आग्रह
2026-10-17
Saturday, October 17, 2026
देउवालाई बधाई दिन अर्थमन्त्री शर्मा बालुवाटार पुगे
नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।

बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए ।
निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।





