नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
चक्रपथ नाघ्न नसकेको ललितपुर महानगर
६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये वडा नं १८, २१, २५, २६, २७, २८ र २९ चक्रपथ बाहिर पर्छन् । २०६८ को जनगणना अनुसार महानगरमा रहेका करिब ३ लाख जनसंख्या मध्ये ५० हजारभन्दा धेरै जनसंख्या चक्रपथ बाहिरका वडाहरुमा बस्ने गरेका छन् ।

ललितपुर महानगरपालिकाको चक्रपथको एकान्तकुना, नख्खुदोबाटोबाट भैंसीपाटी तर्फ लागेपछि भत्केको सडकले चक्रपथ भित्र र बाहिरको अवस्था थाहा हुन्छ ।
खोकना, बुङमती क्षेत्र जाने बाटोका अवस्था पनि उस्तै छ, जबकि चक्रपथभित्रका सहरी क्षेत्रमा त्यस्तो अवस्था कमै देखिन्छ । चक्रपथदेखि दक्षिणी क्षेत्रमा पछि थपिएका सहरहरुमा महानगले कम प्राथमिकता देखिएको देखिन्छ ।
लालितपुर महानगरपालिकाको नगरस्तरीय कार्यक्रम तथा बजेटमा धेरैजसो बजेटहरु चक्रपथ भित्र देखिन्छन् । स्मार्ट स्टि्रट लाइटको लागि महानगरले राखेको ३ करोड ५० लाखको योजना चक्रपथ भित्र र वरिपरी मात्रै छन् । ढल तथा सरसफाइमा पनि चक्रपथ र पाटन क्षेत्रकै वरिपरि बजेट राखिएको देखिन्छ ।
लगनखेलदेखि पाटन दरबार क्षेत्र हुँदै शंखमूलसम्म २ दशमलव ८ किलोमिटर ढल निर्माण कार्य सुरु भएको बजेटमा उल्लेख छ । उक्त ढल निर्माण कार्यसम्पन्न भए पश्चात वषर्ातको समयमा मंगा हिटी, महापाल, पाटन दरबार स्क्वायर क्षेत्रमा जलमग्न हुने समस्या समाधान हुने महानगरले दाबी गरेको छ । उक्त क्षेत्रमा टेलिफोन, बिजुली तथा इन्टरनेटका तारहरु जमिनमुनि बिछ्याइ सहरको सौन्दर्यतामा वृद्धि गरिने बजेटमा उल्लेख छ तर चक्रपथ बाहिर सहरी सौन्दर्यको विषय खासै उल्लेख छैन । चक्रपथ बाहिरका बुङमती, खोकना र हरिसिद्धी जस्ता पुराना बस्तीलाई जगाउने पनि काम हुन सकेको छैन ।
दोहोरिएर निर्वाचित भएपछि मेयर चिरीबाबु महर्जनले सहरकेन्द्रित कार्यक्रमहरु अगाडि बढाइरहँदा चक्रपथ बाहिरलाई खासै समेट्न नसकेको खोकनाका स्थानीयहरुले प्रतिनिधि सभाको निर्वाचनको समयमा आवाज उठाएका थिए ।
काठमाडौंबाट बिजनेस हबहरू ललितपुरतिर सर्ने सम्भावना भए पनि त्यसअनुरूप महानगरले नीति र कार्यक्रम नै ल्याउन सकेको देखिँदैन । काठमाडौंको ठमेलजस्तै ललितपुरको झम्सीखेल विकास हुँदा असनजस्तै मंगलबजार र न्युरोडजस्तै पुल्चोक-जाउलाखेल बिजनेस हब बन्न सक्छन् ।





