भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
Sunday, July 19, 2026
माधव नेपाललाई भेट्न पुगे देउवा र प्रचण्ड
पौष ६ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएका छन् । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउसो देउवा र प्रचण्ड गएका हुन् ।

नेपालको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुका साथै समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको बताएको छ । नेपाल गत मंगलबार रूघाखोकी, ज्वरो र छातिमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । राष्ट्रपतिले पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरी सकेकी छन् । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा अझै समझदारी बन्न सकेको भने छैन ।





