मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
अरूको चाड पर्वमा खेताला जाँदा आफ्नो चाड पर्व बाँझो रहला है.तिजमा नाच्ने अहिन्दु मुलबासी महिलाहरुलाइ आङकाजी शेर्पाको ८ प्रश्न ..
अरूको चाड पर्वमा
खेताला जाँदा
आफ्नो चाड पर्व
बाँझो रहला है……..

तिजमा नाच्ने
आदिवासी महिलाहरुलाई
आङ काजीको ८ प्रश्न ……..

(१) तीज अहिन्दु मुलबासी आदिवासी हरुको चाड होइन भन्ने कुरा थाहा पाउदा पाउदै तापाईहरु रातो साडी लगाएर नाच्दा तपाईका शन्तानहरुमा कस्तो प्रभाव पर्ला ?
(२) तपाईहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय क्षति पुग्छ भन्ने हेक्का छ कि छैन ?
(३) अहिन्दु मुलबासी महिलालाई नाक थेप्चे ऑखा चिम्से भयो भनेर फिल्ममा नखेलाउने तर तीजको गीति एल्बममा पैसा दिएर आदिवासी कलकारलाई नचाएर गाउँका सिधासाधा आदिवासीहरू महिललाहरूलाई तीज मनाउन लगाउने षड्यन्त्रबारे जानकारी छ कि छैन ?

(४) सामाजिक सदभावको नाममा तीजमा हामी आदिवासी नाच्छौ तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजामा गैर आदिवासी महिलाहरु नाच्न आएको देख्नु भएको छ ?
(५) २५० बर्षदेखि हिन्दु राज्य र हिन्दु राज हिन्दुकरणको शोषण र दमनका कारण लोप हुने अवस्थामा पुगेका हाम्रा चाडपर्वहरुलाई संरक्षण र विकास गर्नु सट्टा अरुको चाडपर्व मनाउदा हाम्रा चाडपर्वहरु अस्तित्व समाप्त हुदैन ?

(६) आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउन भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरे जस्तो भएन र ?
(७) यो नश्लवादी तीजले आहिन्दु मुलबासी महिलालाई पर्वते भाशामा तीज गीत गाउन र नाच्न, तिलहरी लगाउन, रातो साडी लगाउन, दर खाना सिकाउछन् !
तर तीजको अन्तिम दिन १०८ दतिवनले योनी सफ गर्ने किन सिकाउदैन ?
(८) बुझ्नेलाई यो कुरा श्रीखण्ड ! नबुझ्नेहरुको लागि तीज
आदिवासीको चाडको हत्या गर्ने
खुर्पाको भीड !
यति भन्दा पनि नबुझ्नेहरुको लागि
यो कुरा………………….






